
दाङ, २५ जेठ ।
दाङमा लागु औषधसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ प्रगतिनगर बस्ने वर्ष २२ को लक्ष्मण बिष्ट, गढवा–४ अजगढवाका अन्दाजी ३९ वर्षको भन्साराम यादव र गढवा–६ थानदेउखुरी बस्ने वर्ष ३७ को सदान मनिहार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी चक्रबहादुर शाहले जानकारी दिए।



प्रहरीका अनुसार कोईलाबास देखि गढवा तर्फ आउदै गरेको लु.९६ प ८८९३ नम्बरको मोटरसाइकलाई रोकी चेकजाँच गर्ने क्रममा चालक लक्ष्मण बिष्टको शरिर खानतलासी गर्दा उनको शरिरमा लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो गिलो पदार्थ प्लाष्टिक सहित ८ ग्राम ८३० मिलिग्राम प्लाष्टिक हटाई शुद्ध तौल गर्दा ६ ग्राम ४६० मिलिग्राम लागु औषध ब्राउन सुगरसहित पक्राउ गरिएको हो । पक्राउ परेकालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
लाइभदाङ । २६ जेष्ठ २०८२, आईतवार १९:१५ बजे