
तुलसीपुर, २५ जेठ ।
दाङको तुलसीपुरमा ट्याक्टरबाट खसेर एक जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर ५ रानीजरुवाका १५ वर्षिय पारस बि.क. रहेको प्रहरीले जनाएको छ ।
आज विहान करिब साढे ८ बजे तुलसीपुर ५ रानिजरुवाबाट बेलुवातर्फ कामको लागी जाँदै गरेको रा १ त ४०९५ नम्बरको मिक्चर जोडेको ट्याक्टरको टोचनमा बसेको बि.क. खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सुचना अधिकारी सुर्य रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार वि.क.को दुबै खुट्टामा चोट लागेको र राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । ट्याक्टर र ट्याक्टर चालक सोही ठाउँका बर्ष २२ को शुनिल कुमार बि.क. लाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।



लाइभदाङ । २६ जेष्ठ २०८२, आईतवार १२:०२ बजे