
रूकुमकोट, २४ जेठ ।
नेपाल उद्योग व्यापार महासंघ रूकुमपर्वको अध्यक्षमा सुजन पुनलाई चयन गरिएको छ । शनिबार रूकुमकोटमा भएको भेलाले पुनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा कमल बुढा र लक्ष्मी घिसिङ, महासचिबमा विकास बिसी, सचिबमा ओपेन्द्र बुढा र कोषाध्यक्षमा नमिता बुढा मगरलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरूमा पबित्रा घर्ती, बसन्ती घर्ती, संगम सुनार, राज रसाईली, ज्ञानेन्द्र गौतम, माल बहादुर मल्ल, कबिन्द्र कल्यान गौतमलाई चयन गरिएको छ ।
त्यस अवसरमा बक्ताहरूले साना ब्यबसायीहरूको हकहितमा अन्य ब्यबसायिक संगठनहरूले कुनै चासो नदिएको बक्ताहरूले बताएका छन् । त्यसैले पनि महासंघ आवश्यक परेको बक्ताहरूको भनाई थियो ।
प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तेवबहादुर वली बिशिष्ट अतिथि महासंघका केन्द्रीय सदस्य मिनराज भण्डारी, यज्ञ प्रकाश मल्ल, लुम्बिनी प्रदेश अध्यक्ष तारा रोकाय, महासचिब महेन्द्र बुढाथोकी, भूमे गाउँपालिका अध्यक्ष हुम प्रकाश श्रेष्ठलगायतले मन्तब्य ब्यक्त गरेका थिए । महासंघले १२ वटै जिल्लामा यसरी संगठन विस्तार अभियानलाई तिब्र बनाएको छ ।



लाइभदाङ । २५ जेष्ठ २०८२, शनिबार १८:३१ बजे