बबईमा शैक्षिक सुधारकालागि बृहत अन्तरक्रिया

तुलसीपुर, २४ जेठ ।
नेपाल शिक्षक महासंघ बबईले बृहत अन्तरक्रिया कार्यक्रम गरेको छ । महासंघका बबई अध्यक्ष मान बहादुर बस्नेतको अध्यक्षता तथा पालिका अध्यक्ष कुलबहादुर खत्रीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि खत्रीले शैक्षिक सुधार गर्न यस्ता बहसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा पूर्व प्रधानाध्यापकको तर्फबाट मस्त बहादुर खडका, प्रअहरुको तर्फबाट दिनेश बुढाथोकी, सिट्टिसाप बिष्ट, नेपाल शिक्षक सघ बबईका सचिव बिरेन्द्र भण्डारी र उपाध्यक्ष शुशिला वली, एकिकृत अखिल नेपाल शिक्षक सगठन जिल्ला समन्वय सचिबालय सदस्य तिलक शर्मालगायतले शिक्षक सुधार गर्न अभिभावक, शिक्षक र विद्यार्थी सबैको महत्पूर्ण भूमिका हुने बताएका थिए ।


त्यस अवसरमा अध्यक्ष बस्नेतले शिक्षक, विद्यार्थी, अभिभावक र सरकार गम्भीर बन्नु पर्ने अबस्था आएकाले बहसको कार्यक्रम गरिएको बताए ।
महासंघका सह–अध्यक्ष अमृत डागीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण पदेन सदस्य अम्मर डाँगीले गरेका थिए ।