दाङका खत्रीलाई बलात्कार कसुरमा सात वर्ष कैद

घोराही, २२ जेठ ।
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दाङ जिल्ला अदालतले दंगीशरण गाउँपालिका–५ का २७ वर्षीय हिमराज खत्री भन्ने हेमराज केसीलाई सात वर्ष कैद फैसला गरेको छ ।

जिल्ला न्यायाधीश तेजनारायण पौडेलको इजलासले केसीलाई सात वर्ष कैद, तीन लाख जरिवाना, ४० हजार क्षतिपूर्ति र एक हजार तीन सय पीडित राहतकोषमा जम्मा गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।


केसीले ०८१ असार २९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले असार ३० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई असार ३० गते पक्राउ गरी साउन २१ गते जबर्जस्ती करणी सम्बन्धी मुद्दा चलाएको थियो ।