दंगीशरण – ५ मा एक महिने ढकिया वुनाइ तालिम सम्पन्न

दंगीशरण, १७ जेठ ।
दंगीशरण गाउँपालिका वडा नं.५ को आयोजनामा एक महिने ढकिया वुनाइ तालिमको आज एक कार्यक्रमकाविच समापन गरीएको छ । वडा नं. ५ का वडा सदस्य सुमित्रा वि.क.को अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा वडा नं.५ का वडा अध्यक्ष निरज बस्नेतको बिशिस्ट आथित्यतामा १ महिने ढकिया बुनाइ तालिमको समापन गरीएको हो ।

समापन अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अथिती दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले यहाँको कला कौशललाइ देश बिदेस सम्म पुर्याउन पनि यहाँका महिलाले सिकेको सिपलाइ व्यबहारमा उतार्न आवश्यक रहेको बताउनुभयो ।पुरानो कला सस्कृती र परम्परालाई जोगाइराख्न यस्ता सिपको विकासमा आफुहरु लागी परेको अध्यक्ष गिरीको भनाइ छ ।


यस्तै कार्यक्रमका बिशिस्ट अथिती वडा अध्यक्ष निरज बस्नेतले विकासका पुर्वाधारका साथ साथै लक्षित बर्गका नागरिकको सिप विकासका लागी बजेट बिनियोजन गरेको बताउनुभयो । परम्परागत भन्दा पृथक सैलिबाट आकर्षक तवरले बुनियाका स्थानीय उत्पादनले बिदेसि बजारमा समेत मुल्य पाउने अध्यक्ष बस्नेतको भनाइथियो ।

कार्यक्रममा ग्रीन फाउन्डेसनका सिएम बिश्वकर्मा,कार्यपालिका सदस्य सितरा नेपाली,प्रशिक्षक उर्मिला चौधरी सहभागी ममता चौधरी लगायतले आ–आफ्नो भनाइ राख्नु भएकोथियो । वडा नं. ५ का वडा सदस्य भुम प्रसाद देवकोटाको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण वडा सचिव प्रेम प्रकाश चौधरीले गर्नुभएकोथियो । समापन अवसरमा १ महिने तालिममा सहभागी भएका सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरीएकोथियो ।