तुलसीपुरमा लागुऔषध ब्राउन सुगरसहित एक युवती पक्राउ

तुलसीपुर, १९ जेठ ।
दाङको तुलसीपुरमा लागुऔषध ब्राउन सुगरसहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–४ घोरनेटी निवासी २१ बर्षीया प्रतिभा बिश्वकर्मा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार तुलसीपुर–७ को शिवनगरमा लागुऔषध ब्राउन सुगरको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा असई प्रकाश भण्डारीको कमाण्डमा खटिएको महिला प्रहरीसहितको ५ जनाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ब्राउन सुगर फेला परेपछी उनलाई सोमबार बिहान ११ बजेको समयमा पक्राउ गरिएको हो ।


पक्राउ परेकी युवतीको साथबाट प्रहरीले २६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । यसबिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।