यातायात ब्यबसायीले सोमबारदेखि दाङ बन्द गर्ने

तुलसीपुर, १८ जेठ । सार्वजनिक यातायात व्यवसायीले भोलि(सोमबार)देखि दाङ बन्दको घोषणा गरेका छन् । उनीहरुले अनिश्चित कालकालागि बन्दको घोषणा गरेका हुन् ।

निजी सवारीसाधनलाई यात्री बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिने गरी सबै प्रदेश सरकारले नियमावली ल्याउन लागेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् ।


ब्यबसायीहरुले दाङमा अतिआवश्यक एम्बुलेन्स, स्कुल बस, प्रेस, दमकल, पानी टयाङ्कर, कृषिका गाडी बाहेक सम्पूर्ण यातायात बन्द गर्ने भएका हुन । बन्दको अवज्ञा गर्ने सवारी साधनलाई कडा कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

आन्दोलन सफल बनाउन तुलसीपुर पवन बुढाथोकी, घोराहीमा भरतनाथ योगी र लमहीमा नारायण न्यौपानेलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।