
तुलसीपुर, १४ जेठ । राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ ।
सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोर खोलामा झरेको पहिरोका कारण सडक पूर्ण रूपमा बन्द हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेका अनुसार बुधवार बिहान करिब पौने ५ बजेतिर सडक माथिबाट खसेको पहिरोले सडकका दुवै लेन पुर्ण रूपमा ढाकिएको छ ।
पहिरो हटाउनका लागि एक्स्काभेटर सहायतामा काम भइरहेको छ । सडक खुल्न दुई तीन घण्टा लाग्ने देखिएको उनले बताए । सडक अवरुद्ध भएसँगै यात्रु तथा सवारीसाधन दुबैतर्फ रोकिएका छन् । साना सवारी साधनहरूलाई वैकल्पिक मोटर बाटो कपुरकोट लामिडाँडा तथा कपुरकोट पाखापानी सातबाट हुँदै आउजाउ गर्न आग्रह गरिएको छ ।



लाइभदाङ । १५ जेष्ठ २०८२, बुधबार ०८:२७ बजे