भागेका कैदी नाइके : जसले पेटमा गर्भ रहेपछि प्रेमिकाको हत्या गरेका थिए

दाङ
१४ पुस /दाङको घोराही कारगारबाट विहीबार विहान ११ बजेतिर रहस्यमय तरिकाले कैदीका नाईके भागे । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार ति कैदी विरामी थिएनन् । तर, उनलाई छालाको विरामी भएको र उपचारकालागि भन्दै  कारागारबाट निकालिएको थियो । कारागारका नाइके समेत रहेका राजपुर गाउँपालिकाको बेलाका निवासी २७ बर्षीय यमराज परियारले आफूलाई अस्पताल पु¥याएको प्रयोग गरिएकै मोटरसाईकल प्रयोग गरि भागे ।

लु ३४ प ४१० नम्बरको उक्त मोटरसाईकल प्रहरी जवान धनबहादुर चौधरीको थियो ।  त्यही मोटरसाईकल लिएर भाग ।  परियार कतब्र्य ज्यान मुद्दामा २० बर्ष कैद फैसला भइ करिब साढे ७ बजे कैद भुक्तान गरिसकेका कैदी हुन् । सडकमा सीसीटीभी नहुँदा पनि समस्या भएको प्रहरी प्रमुख काफ्लेले बताए ।

जसले आफ्नो प्रेमिकालाई हत्या गरेका थिए

परियारको सत्बरिया गाबिस वडा नं. ५ निवासी २२ बर्षीया हेमा चौधरीसंग माया प्रेम थियो । परियारसंगकै यौन सम्बन्ध पछि हेमाको पेटमा गर्भ रहेको थियो । उनी गर्भवति भएकै समयमा २०७१ जेठ २२ गते हेमा घरबाट हराईन् । उनी हराएपछि यमराज शंकाको घेरामा परे । र, २०७१ साउन ४ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । यमराजकै बयानका आधारमा उनलाई साबिक चौलाही गाबिस वडा नं. ३ निवासी शिवप्रसाद चौधरीले सघाएका थिए ।


हेमालाई मोटरसाईलमा लगेर साबिक सतबरिया गाविस वडा नं. ९ सिमपाखापानी जंगलमा राति १ बजे हत्या गरिएको थियो । ‘यमराज परीयारले आफ्नो मोटरसाईकल चलाई बिचमा हेमा चौधरी र पछाडी शिव प्रसाद चौधरीलाई मोटरसाईकलमा राखेर लगेका थिए’,प्रहरीको अनुसन्धानले भन्छ‘ हराएकै दिन रातको १ बजेतिर सिमपाखापानी जंगलको बखेरी खोला किनारमा पहिले बेहोस बनाउने स्प्रे सुघाई बेहोस बनाउन खोज्दा स्प्रेले काम नगरेपछी हेमा चौधरीकै घाटीको सल दोपट्टा लिई सल दोपट्टाले घाँटी कसी बाँधी कर्तव्य गरी मारेका भन्ने खुल्न आयो ।’

पक्राउ परेका दुबैजनाले सोही बयान दिएपछि २०७१ साउन ६ गते प्रहरीसहित परियार र चौधरी घटनास्थलमा जाँदा मानव अवशेष फेला परेको थियो । घटना स्थलमा दाँया–बाँया ६ वटा बङ्गरा भएको अगाडी भागको हड्डी तथा नलीको हड्डी फेला पारेपछि त्इसलाई डीएनए गर्दा हेमकै भएको परीक्षण रिपोर्टले देखाएको थियो । हेमाको हत्या पछि पहिचान नहोस् भनी उनको शरिरको कपडा, मनिपर्सलगायतका सामग्रीहरु अर्जुनखोला सशस्त्र प्रहरी क्याम्प देखि पश्चिम तर्फ जंगल खोलामा फ्याकेको थिए । साथै हेमाले प्रयोग गर्ने मोवाईल समेत शिवप्रसाद चौधरीले आफ्नो श्रीमतिलाई दिएको खुलेको थियो । पछि प्रहरीले त्यो मोवाइल पनि बरामद गरेको थियो ।

सम्पूर्ण अनुसन्धान पूरा भएपछि भदौ ३ गते दाङ देउखुरी जिल्ला अदालतले यमराज र शिवलाई २० बर्ष कैद फैसला सुनाएको थियो । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु नै त्यतिबेला निकै चुनौति खेप्नु परेको थियो । उनीहरु दुबैजनालाई नियन्त्रणमा लिएपछि अनुसन्धानमा सहज भएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले बताएका छन् । उक्त घटनाको वडा प्रहरी कार्यालय लमहीले अनुसन्धान गरेको थियो । वडा प्रहरी कार्यालय लमहीका तत्कालिन कार्यालय प्रमुख प्रहरी निरीक्षक (हाल प्रहरी नायब उपरीक्षक) लक्ष्मणबहादुर शाही, प्रहरी सहायक निरीक्षक –हाल प्रहरी नायव निरीक्षक) सुनिलजंग शाह र प्रहरी जवान –हाल प्रहरी हवल्दार मोहन बहादुर केसी) अनुसन्धानमा खटेका थिए । साभार : अग्रिम साप्ताहिक

May be an image of 1 person and text