श्रीमानको लागि औषधि लिन मेडिकल जादै गरिकी केसीको मोटरसाइकल दुर्घटनामा परि मृत्यु

सागर रोका
दाङ, ९ जेठ ।
श्रीमानको औषधि लिन मेडिकल जादै गरिकी केसीको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ । मृत्यु हुनेमा देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ सिमगजमरी निबासी हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा बसोबास गर्दै आएकि रेश्मी केसीको मृत्यु भएको हो ।

श्रीमानलाई दम भएको र ओषधि ल्याइदिन भनि मेडिकल जाने क्रममा रा ६ प ६१४१ नम्बरको मोटरसाइकलले केसीलाई ठक्कर दिदा गम्भीर घाइते भएकि थिइन । घाइते केसीलाई उपचारको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो ।

रोल्पाबाट आफ्नो घर जस्पुर जाँदै गरेका शेरबहादुर चौधरीले चलाएको मोटरसाइकलबाट ठक्कर पाएपछि केसी गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


आज बेलुका ५ः३० बजेतिर मोटरसाइकलले ठक्कर दिए लगत्तै तुलसीपुर प्रादेशिक अस्पतालमा उपचारका लागि पुराइएको थियो । उनको टाउकोमा गहिरो चोट भएको कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अहिले उनको सबलाई पोस्टमार्टमको लागि तुलसीपुर प्रादेशिक अस्पतालमा राखिएको छ । त्यस्तै मोटरसाइकल चालक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।