
तुल बहादुर कवँर मगर
भालुबाङ, ७ जेठ ।
हेलेन केलर इन्टरनेसनल, आईडीई नेपाल र बेस संस्थाको साझेदारीमा राप्ती गाउँपालिका वडा नम्बर १ र २ मा कुपोषण प्रभावित १५ परिवारलाई सरसफाइ, कृषि सामग्री र बायोसेन फिल्टर वितरण गरिएको छ।
मंगलबार सम्पन्न कार्यक्रममा माध्यम तथा कडा शीघ्र कुपोषण भएका बालबालिकाका परिवारलाई लक्षित गर्दै ९ घरमा बायोसेन फिल्टर जडान गरिनुका साथै १५ परिवारलाई सरसफाइ र कृषि सामग्री प्रदान गरिएको हो।
सामाग्री वडा नं. १ का वडाध्यक्ष गेम बहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, लालमटिया स्वास्थ्य चौकी प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, लालमटिया आधारभूत स्वास्थ्य केन्द्र प्रमुख रमा पौडेलको रोहबरमा वितरण गरिएको थियो।
कार्यक्रममा बेस संस्थाका फिल्ड सुपरभाइजर रमेश पन्थी, सामुदायिक परिचालक शरद चौधरी, सि।बी।एफ विष्णी चौधरी, हरि सिग्देललगायत स्वास्थ्य संस्थाका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।



लाइभदाङ । ८ जेष्ठ २०८२, बुधबार ०९:२२ बजे