
दाङ, २ जेठ । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम जेठ ५ प्रदेश सभामा प्रस्तुत गर्ने मन्त्रीपरिषदले निर्णय गरेको छ । सोही अनुसार प्रदेश प्रमुख समक्ष अनुरोध गरिएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । बैठकले आगामी आर्थिक बर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम स्वीकृत समेत गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै लुम्बिनी प्राज्ञ प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।



लाइभदाङ । ३ जेष्ठ २०८२, शुक्रबार २२:२२ बजे