
दीपक बोहरा
दाङ, ३० वैशाख । दाङको तुलसीपुर ४ रक्षाचौर स्थित गुरुजजुर नमुना माबिमा २०७५ सालदेखि बाली विज्ञान पढाई सुरु भयो । ४० जनाको कोटा भएको सोही विद्यालयमा त्यो कोटा कहिल्यै पनि पूरा भएन । सुरुको बर्ष ३७ जना विद्यार्थीले बाली विज्ञान पढेको भएपनि त्यसपछिका बर्षहरुमा भने विद्यार्थी झन–झन घट्दै गए ।
शूल्क घटाएपनि विद्यार्थीको संख्या बढेनन् । सुरुमा एकलाख ९० हजार थियो । त्यही शूल्कमा २०७६ सालमा १६, २०७७ मा १७ विद्यार्थी मात्रै पढ्न आए । त्यसपछि विद्यालयले शूल्क घटाएपछि विद्यार्थी आउछन्, की भन्ने थियो । २०७८ सालमा शूल्क घटाएर एकलाख ४५ हजार बनाईयो । त्यतिबेला विद्यार्थी बढेर २८ पुगे ।
२०७९ मा पनि त्यही शूल्क कायम भयो । तर, विद्यार्थी पुनः घटे । त्यो बर्ष १६ जना मात्रै विद्यार्थी भए । पुनःशूल्कलाई घटाएर एक लाख १० हजार पु¥याईयो । त्यो हुदा २०८० सालमा २१ जना विद्यार्थी भए । तर, विद्यार्थी घट्दै गएपनि २०८१ सालमा ५५ हजार बनाईयो । तर, तर, विद्यार्थी उल्लेख्य बढेनन् ।
विद्यार्थी २६ जनामात्रै भर्ना भए । यसरी बर्षेनी विद्यार्थीको शूल्क घटाएपनि बाली विज्ञान पढ्ने विद्यार्थीको संख्या उल्लेख्य रुपमा बढ्न नसकेको विद्यालयका प्रधानाध्यापक विष्णु केसीले बताए ।“हामीले विद्यार्थीको संख्या बढ्छ की भनेर शूल्क पनि घटाउँदै गयौं”,उनले भने “तर, विद्यार्थी संख्या भने उल्लेख्य रुपमा बढ्ेन ।” १२ पास गरेर विद्यार्थीहरु बाहिरी जिल्ला जानेक्रम बढेकाले पनि यस्तो समस्या देखिएको हुन सक्ने उनले बताए ।
सुरुमा उत्साहजनक रुपमा विद्यार्थीहरुको संख्या बढिरहेको भएपनि पछिल्लो समय बाली विज्ञान पढेका विद्यार्थीहरु स्वरोजगार हुन सक्ने अबस्था नरहेपछि पढ्नेको संख्या घटेको हुन सक्ने विद्यालयका बाली विज्ञान प्रशिक्षक यज्ञ खड्काले बताए ।“नेपाल कृषि प्रधान देश हो, जहाँ कृषि प्राबिधिककको भूमिका धेरै हुन्छ”, उनले भने“यसमा हामीले बुझाउन नसक्दा पनि यस्तो समस्या भएको हो, यसमा स्थानीय सरकार,प्रदेश र केन्द्र सरकारले पनि ख्याल गर्नुपर्छ ।”
विद्यार्थी रेशम महरले पनि किसानको समस्या पहिचान गर्नकालागि कृषि प्राबिधिक आबश्यक भएको भन्दै यसमा सरकारले पनि ख्याल गर्नुपर्ने बताए । त्यस अवसरमा नेचर केयर एग्रोफर्मका सञ्चालक बुद्धिराज पौडेलले कृषि पेशा मर्यादित नहुँदा विद्यार्थीहरु बाली विज्ञान पढेर पनि विदेश जानुपर्ने अबस्था आएको बताए ।
सोमबार गुरुजजुर नमुना माविको आयोजनामा भएको कृषि बाली विज्ञान विषयको प्रबद्र्धनकालागि योजना निर्माण तथा अन्तरक्रिया कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख कुलराज दहितले पढ्दै, कमाउँदै कार्यक्रममा जोडिनु पर्ने बताए, भने शिक्षा शाखा अधिकृत मनबहादुर खड्काले कृषि समूहसंग सहकार्य गरि कृषि प्राबिधिकलाई जोड्नु पर्ने बताए ।
त्यस्तै तुलसीपुर ९ का वडाध्यक्ष घनश्याम ढकालले ५ जना विद्यार्थीलाई बाली विज्ञान अध्ययनकालागि छात्रबृति दिने बताए । कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष तुलसी थापाले कृषि पेशा नै नेपालीको मुख्य आम्दानीको स्रोत भएकाले यसलाई बृद्धि गर्न वडा सरकार लागि परेको बताए ।
कार्यक्रममा तुलसीपुर ४ का वडा सदस्य नारायणी पुन, समाजसेवी मुक्ती प्रसाद भट्टराई, पत्रकार दिपक बोहरा,ब्यबसायी प्रमोदवलीलगायतले बाली बिज्ञानका बिषयमा बुझाउन आबश्यक रहेको बताएका थिए । कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेले गरेका थिए ।



लाइभदाङ । ३० बैशाख २०८२, मंगलवार १५:४८ बजे