गोरखा स्कुल तुलसीपुरमा आशिष स्मृति फुटबल टुनामेन्ट

तुलसीपुर
११ पुस / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित गोरखा माध्यमिक विद्यालयमा आशिष स्मृति टुनामेन्ट – २०७८ सम्पन्न भएको छ । गएको कार्तिक ७ गते सल्यानबाट तुलसीपुर आउदै गरेको जिप दुर्घटनामा परि मृत्यु भएका विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र आशिष बस्नेतको सम्झनामा उक्त टुनामेन्ट भएको हो ।

विद्यालयको आयोजना र बस्नेत परिवारको प्रायोजनमा उक्त टुनामेन्ट भएको हो । जसमध्ये फुटवल टुनामेन्टमा गोरखा माविमा रहेका चार सदनहरु रातो, हरियो, निलो र पहेलोबिच भएको थियो । जसमा हरियो सदन सान्त्वना, निलो तृतिय , रातो दृतिय र पहँेलो प्रथम भएका थिए ।

टुनामेन्टमा प्रथम सदनलाई कप र नगद पाँचहजार, द्धितिय हुने सदनलाई नगद तीन हजार, तृतीय हुने सदनलाई दुइहजार र सान्त्वना हुने सदनलाई एक हजार नगद वितरण गरिएको थियो ।


दाङ जिल्ला फुटबल एशोसियसनका अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मृतक आशिष बस्नेतका वुवा हिरालाल बस्नेत, गोरखा ग्रुपका शैक्षिक संयोजक दुर्गा बहादुर केसी र गोरखा स्कुल तुलसीपुरका उपाध्यक्ष डोरबहादुर जीसीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । गोरखा स्कुलका खेल संयोजक मोहोन सुनरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्कुलका माध्यमिक तहका संयोजक बामदेव सापकोटाले गरेका थिए ।

लगनशिल थिए आशिष
आशिष स्कुल स्थापना देखि नै अध्ययनरत थिए । उनी सानैदेखि लगनशील,मेहेनति र अनुशासित थिए, भने पढाईमा पनि उत्तिकै अव्वल थिए । अतिरिक्त क्रियाकलापमा पनि उनी सक्रिय सहभागिता देखाएर उत्कृष्ट प्रस्तुती राख्थे । उनी हरेक कुराहरु आफैले लिडिङ गर्नसक्ने,कसैसँग नरिसाउने, सबैलाई आदर सम्मान गर्ने, मिठो बोल्ने, सबैको प्यारो थिए ।