
तुलसीपुर, २७ बैशाख ।
तुलसिपुर उपमहानगरपालिका वडा नं. १८ धरमपुर अक्कासी पौडी खेल्ने क्रममा एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका वडा नं. ९ सिस्नेरीका १६ बर्षिय भुपेन्द्र बिक रहेको ईलाका प्रहरी कार्यालयल तुलसीपुरले जनाएको छ ।
शनिवार मध्याह्न तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ स्थित अम्वाखोली सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको कृत्रिम तालमा साथीहरू पौडी खेल्न पुगेका त्रिवेणी गाउँपालिका वडा नं. ९ सिस्नेरी स्थायी घर भई हाल तुलसीपुरमा अध्ययनका लागि अस्थायी बसोबास गर्दै आईरहेका १६ बर्षिय भुपेन्द्र बिकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
मृतक बिकको शब परिक्षणका लागि प्रादेशिक अस्पताल तुलसीपुर लगिएको ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिनुभयो ।



लाइभदाङ । २७ बैशाख २०८२, शनिबार १४:४९ बजे