संस्कृत विश्वविद्यालयको उपकुलपति धनेश्वर नेपालमाथी कालोमसि छर्केर दुर्ब्यबहार

दाङ, ०७ पौष ।
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समुहले कालोमसि छर्केर दुर्ब्यबहार गरेका छ्न । जिल्ला प्रहरी कार्यालय दाङले ५ –६ जनाको समुहमा आएका अज्ञात समुहले नेपालमाथी कालो मसि छर्केर दुर्ब्यबहार गरेको जनाएको छ ।

उपकुलपति नेपालको आफ्नै क्वाटरमा अज्ञात समुह पुगेर कालो मसि छर्केर दुर्ब्यबहार गरेको डिएसपि चक्र साहले पुष्ट्रि गरे । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख दिपक श्रेष्ठ, डिएसपी चक्र शाहसहितको प्रहरी टोलि पुगि सकेको छ ।

डिएसपि शाहले घटना बारे बुझ्ने काम भइरहेको र घटना संलग्नलाई खोजी कार्य गरेर पक्राउ गर्न प्रहरी परिचालन भइसकेको बताए ।


दैलेखको दुल्लु स्थायी घर भएका उनी वाल्मिकी विद्यापिठमा ज्योतिषशास्त अध्यापन गर्दछन् । ज्योतिष शास्त्र अध्ययन गरेका उनी यसअघि संस्कृत विश्वविद्यालयमा परीक्षा नियन्त्रक भएर काम गरेका थिए ।

नेपाल नेपाल ज्योतिष परिषदको वरिष्ठ सल्लाहकार तथा बाल्मिकी विद्यापीठ ज्योतिष विभाग प्रमुखको जिम्मेवारीमा थिए ।