पश्चिम दाङको हापुरेबाट ३ बालक ११ दिनदेखी वेपत्ता

तुलसीपुर, २५ बैशाख ।
पश्चिम दाङबाट ३ बालक वेपत्ता भएका छन् । बबई गाउँपालिका–४ हापुरेका १२ बर्षीय सायल बिक, १३ बर्षीय सन्दिप बिक र १५ बर्षीय गौरब पुन मगर वेपत्ता भएको यी बालकका मामा नाता पर्ने ललित बिकले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरु विगत ११ दिनदेखी सम्पर्कबिहिन छन् । यही बैशाख १४ गते दिउँसो १२ बजेको समयमा हापुरे खेल मैदानमा फुटबल हेर्न जाने भनेर घरबाट निस्केका उनीहरु अहिलेसम्म पनी सम्पर्कमा आएका छैनन् ।


आफन्तलगाएत सबै ठाउँ खोजतलास गर्दा पनी कतै फेला नपरेपछी प्रहरीमासमेत खोजतलासका लागी निवेदन दिएको उहाँले बताउनुभयो । तिनैजना बालक प्रावि हस्तनापुरमा अध्यनरत थिए ।

उनीहरुलाई कहि कतै देखेमा नजिकको प्रहरी कार्यालय अथवा परिवारको मोबाइल नम्बर ९८०९५७३०४५/९८४४९६८२७३ मा सम्पर्क गरी जानकारी गराइदिन परिवारको आग्रह छ ।