तुलसीपुर खानेपानी : राजनीतिक दलको सहमति लत्याउँदै, उम्मेदवारी दिदै

दाङ, ११ पुस । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसंस्थाको नयाँ नेतृत्वकालागि यहाँ क्रियाशिल ९ वटा राजनीतिक दलले सहमति गरे । र,सोही अनुसार आईतबार उम्मेदवारी दिए । अध्यक्ष काँग्रेसको भागमा पारिएको थियो । सोही अनुसार पार्टीले यमकान्त भण्डारीलाई उम्मेदवार बनायो ।

तर, राजनीतिक सहमति विपरित पार्टीकै नेताहरुले उम्मेदावरी दिएका छन् ।

अध्यक्षमा विप्वल नेकपाकै खेमराज वलीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनी यस अघि ४ कार्यकाल खानेपानीको अध्यक्ष भइसकेका ब्यक्ती हुन् । हाल पनि उनी तुलसीपुर खानेपानीकै अध्यक्ष छन् । ९ दलिय गठबन्धनको उम्मेदवारी घोषणा कार्यक्रममा उनले आफूले गठबन्धन भन्दा बाहिर नजाने बताएका थिए ।

त्यस्तै अध्यक्षमै काँग्रेस (विपी)का दीपक कुमार धितालले उम्मेदवारी दिएका छन् । उनी यस अघिको खानेपानीको निर्वाचनमा काँग्रेसले टिकेट नदिएपछि विद्रोह गरेर अध्यक्षमै बागी हालेका थिए । खानेपानीमा टिकेट नपाएपछि उनले काँग्रेस समेत परित्याग गरि काँग्रेस वीपीमा आबद्ध भएका थिए । त्यस्तै अध्यक्षमै माओवादी केन्द्रका नेता निर्मल आचार्यले पनि उम्मेदवारी दिएका छन् । हालका सचिब समेत रहेका मनोज लामिछानेले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनी एमालेकै नेता हुन् । त्यस्तै काँग्रेसका नेता तथा यातायात व्यबसायी पवनराज बुढाथोकीले पनि अध्यक्षमै उम्मेदवारी दिएका छन् ।

त्यस्तै उपाध्यक्ष माओवादी केन्द्रको भागमा पारिएको थियो । सोही अनुसार माओवादीले हालका कोषाध्यक्ष समेत रहेका सीताराम शर्मालाई उम्मेदवार बनायो । तर, उपाध्यक्षमा पनि शर्मासहित ५ जनाले उम्मेदवारी दिएका छन् । काँग्रेसका गिरीधारी प्रसाद पौडेलले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । जो की खानेपानीका हालका पनि उपाध्यक्ष हुन् । उपाध्यक्षमै काँग्रेसका पू्र्णप्रसाद धिताल,एमालेका नारायण प्रसाद भण्डारी, विप्वलका निर्मला डीसीले उम्मेदवारी दिएका छन् ।


सचिब एमालेको भागमा परेको छ । एमालले सेवकराम भण्डारीलाई सचिबको उम्मेदवार बनाएको छ । तर, यसमा पनि काँग्रेसका गोपाल शर्मा, माओवादी केन्द्रका निर्मला भुषाल, काँग्रेसकै रञ्जनकुमार गौतम, विप्लवका मेघराज घिमिरे र एमालेका दामोदर लामिछानेले उम्मेदवारी दिएका छन् ।

त्यस्तै कोषाध्यक्ष विप्लव नेतृत्वको नेकपालाई भाग परेको छ । जसमा विप्लवले भद्रबहादुर वलीलाई उम्मेदवार बनाएको छ । यसमा पनि वलीसहित चारजनाको उम्मेदवारी परेको छ । काँग्रेसका मेघराज न्यौपाने,माओवादी केन्द्रका कर्णबहादुर वली र काँग्रेसकै भोलाप्रसाद थापाको उम्मेदवारी परेको छ ।

सदस्यहरुमा एकीकृत समाजवादीले पदमबहादुर खड्का, राष्ट्रिय जनमोर्चाले छमा भण्डारी,राप्रपाले लक्षमण भण्डारी,जनता समाजवादीले गीता विष्टलाई उम्मेदवारी बनाएको छ । एमालेलाई सचिबसहित अर्को सदस्य पनि भाग परेको छ । सोही अनुसार एमालेले सदस्यमा आशा अधिकारीलाई उम्मेदवार बनाएको छ । तर, सदस्यहरुमा पनि अन्य १९ जनाको उम्मेदवारी परेको छ । जम्मा ९ जनाको कार्यसमितिकालागि ४० जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

No photo description available.

No photo description available.