
तुलसीपुर, २३ वैशाख । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सीप सिकेर मात्रै नहुँने बताएका छन् । उनले सीप सिकेर स्वरोजगारमा जोडिनु पर्ने बताए ।“हामीले सीप सिकाउँछौं”,उनले भने “तर, स्वरोजगारमा नजोडिने अहिलेको मुख्य समस्या छ, यसलाई हटाउनु पर्छ ।” उनले सीप सिकेपछि मासिक २० हजार देखि बढि आम्दानी लिन सक्नु पर्ने बताए ।
मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका – ६ डुम्रीगाउँमा दुई महिने मन्देश्वरी, कम्प्यूटर र अचार उत्पादन तालिमको उद्घानशत्रलाई सम्बोधन गर्दै उनले आम्दानीमा जोडिए मात्रै सीप सिकेको कुरा सार्थक हुने बताए । कुनै पनि सीप सिकाउँदा त्यसको आबश्यकता कति हो, भन्ने कुराको तथ्यांकका आधार मात्रै सीप सिकाउनु पर्ने समेत उनको भनाई छ ।“अहिलेको आबश्यकता के हो , जस्तो कम्प्युटर तालिम दिन्छौं, भने त्यसको आबश्यकता के हो, मन्टेश्वरी तालिम दिएपछि कहाँ कसरी आम्दानी गर्न सकिन्छ?”,उनले भने “यसको डाटा निकालेर मात्रै तालिम दिनुपर्छ, अनि मात्रै त्यसले सार्थकता दिन्छ ।”
सेवा प्रतिष्ठान नेपालको आयोजना, तुलसीपुर उपमहानगरपालिकाको साझेदारी तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थिक सहयोगमा हुने लागेको तालिममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख तालिम सिकिसकेपछि त्यसलाई आफूले नै भरपुर प्रयोग गर्नुपर्ने बताए । उनले सीप नै महत्वपूर्ण कुरा रहेको समेत बताए । सीप सिकेपछि डिग्री पढेकाहरु भन्दा राम्रो क्षमता देखाउन सक्ने समेत बताए ।
कार्यक्रममा सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा. नहकुल केसी, समाजिक बिकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरिराज शर्मा, तुलसीपुर – ९ का वडाध्यक्ष घनश्याम ढकाल, तुलसीपुर – ५ का वडाध्यक्ष बीरेन्द्र शाह, तुलसीपुर – ७ का वडाध्यक्ष रामबहादुर जिसी, तुलसीपुर – ६ का वडाध्यक्ष दुजमान भण्डारी, बेस संस्थाका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीललगायतले लक्षित समुदायलाई यस्ता सीप सिकाउनु पर्ने बताए ।
तालिममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५, ६,७ र ९ का एक सय बढि महिलाहरुको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकहरुमा आइटी प्रबन्धक यम सोती, अचार तर्फ शारदा अधिकारी र शान्ता पौडेल एवं मन्टेश्वरी तालिमका लागि पार्वता अधिकारी छन् ।
सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा कार्यक्रम भएको थियो भने सहजीकरण कल्पना चौधरीले गरेकी थिइन ।



लाइभदाङ । २४ बैशाख २०८२, बुधबार ०८:२९ बजे