
काठमाडौं, २१ बैशाख ।
आज देशका धेरै ठाउँको मौसम बदली भएको छ । अहिले दाङसहित विभिन्न क्षेत्रमा छिटपुट वर्षा भइरहेको छ । आज कोशी, लुम्बीनीप्रदेशसहित देशका पहाडी भागमा पानी पर्ने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । गएराति गण्डकी, बागमती र लुम्बीनी प्रदेशका धेरै जसो ठाउँमा पानी परेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।
शनिबार राति गोरखा, तनहुँ, लमजुङ, पाल्पाका केही ठाउँमा ठूलो पानी परेको मौसमविद् अधिकारीले बताउनुभयो । आज देशका पहाडी ठाउँसहित तराईमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आजको तुलनामा भोलिदेखि पानी मौसमी प्रणाली केही कमजोर भए पनि पर्सिसम्म नै मौसमी प्रणाली सक्रिय रहने अनुमान छ । आज दिउँसो पनि काठमाण्डौसहित आसपासका क्षेत्रमा वर्षाको सम्भावना छ ।



लाइभदाङ । २१ बैशाख २०८२, आईतवार ०८:४७ बजे