‘सामुदायिक वनमा कुहिएर जाने काठको सदुपयोग हुनुपर्छ’

दीपक बोहरा
दाङ, २० वैशाख ।
सामुदायिक वनको काठ त्यतिकै खेर गइरहेको छ । कानुनी रुपमा झनझट हुँदा कुहिएर खेर गइरहेको अवस्थाका काठ रहेको भन्दै यसलाई सदुपयोग गरेमा आम्दानी गर्न सकिन्छ । त्यसकालागि दिगो बन ब्यबस्थापन ब्यस्थापनको राष्ट्रिय मापदण्ड २०८१ आएको छ । यो संगै अब काठ कुहिएर जाने अबस्था नआउने वन विज्ञ डा. सिन्दू प्रसाद ढुंगानाले बताए । “वनमा काठ कुहिएर जाने अबस्थ छ, हामीले वनबाट आम्दानी पनि लिन सकेका छैनौं”,उनले भने “दिगो वन ब्यबस्थापन मापदण्ड बनेकाले अब भने त्यो काठ सदुपयोग होला ।”

नेपालमा २०/२२ करोड क्यूफिट काठ उत्पादन गर्न सकिने भएपनि अहिले न्यून मात्रामा काठ उत्पादन हुने गरेको छ । नेपाल वनजंगलका हिसाबले धनी देश भएपनि यहाँको काठलाई सदुपयोग गर्न नसकिएको उनको भनाई थियो । अहिले पनि बाहिरबाट काठ ल्याएर नेपालमा प्रयोग गर्ने गरिएको भन्दै यदि २०/२२ करोड क्यूफिट काठ नेपालमै उत्पादन गर्न सकियो भने ६ करोड क्युफिट काठ नेपालमा प्रयोग गर्ने र बाँकी काठ निर्यात गर्न सकिने उनको भनाई थियो ।

यस अघि बैज्ञानिक वन ब्यबस्थापनको कार्य हुँदा प्रभाबकारी नभएपनि अब भने दीगो वन ब्यबस्थापन मार्फत ब्यबस्थित भएमा नेपालको काठबाट आम्दानी लिन सकिने सामुदायिक बन उपभोक्ता महासँंघ नेपालकी पूर्वध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्य भारती पाठकले बताईन ।


नेपालमा सामुदायिक वन संरक्षणकाागि सबै तहका सरकारबाट ३० अर्ब बढि बजेट बिनियोजन हुने गरेको भएपनि वनबाट भने २ अर्ब जति मात्रै आम्दानी हुने लिने गरिएको भन्दै यो निकै न्यून रहेको उनले बताईन् । शुक्रबार दाङको तुलसीपुरमा भएको लुम्बिनी प्रदेश स्तरीय स्थानीय बन सम्वादमा उनले यस्तो बताईन् ।

साथै वनलाई ब्यबस्थापन गर्ने सन्दर्भमा वनका रुख मात्रै काट्ने भन्दा पनि रुख काटेका ठाउँमा वृक्षरोपन गर्ने कार्य पनि गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए । नेपाल सरकार वन तथा वातारण मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्रको आयोजनामा उक्त कार्यक्रम भएको हो । त्यस अवसरमा विभिन्नि सामुदायिक वनका पदाधिकारी, बनसंग सम्बन्धित सरोकारवाला, जनप्रतिनिधिहरुलगायतको सहभागिता थियो ।

त्यस अवसरमा सहभागीहरुले बनमा खेर गइरहेको काठलाई सही सदुपयोग गर्न सकेमा नेपालमै आम्दानी गर्न सकिने कुरामा जोड दिएका थिए । “वनको क्षेत्रफल लक्ष्य भन्दा बढेको छ, अहिले वनको क्षेत्रफल ४६ प्रतिशत छ”,ग्रिन फाउन्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेले भने “अब यसलाई दीगो ब्यबस्थापन मार्फत आम्दानी लिने कुरामा ध्यान दिनुपर्छ ।” कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिब नवराज पुडासैनीलगायतले यो कार्यक्रम प्रभाबकारी हुने बताएका थिए । सामुदायिक वन उपभोक्ता महासंघ, ग्रिन फाउन्डेशन नेपाललगायतको सहकार्यमा कार्यक्रम भएको थियो ।