दाङमा भकभके संघ गठन हुने, एकदिने निःशुल्क परामर्श हुँदै

तुलसीपुर, १४ वैशाख । सरकारले स्पिच थेरापिष्ट पढ्नकालाग १० जनालाई छात्रबृति पनि दिएको छ । तर, छात्रबृति दिएपनि पढ्न आउने गरेका छैनन् । बोल्न समस्या हुने गरेका मानिशहरुलाई थेरापी मार्फत सहजै बोल्न सक्ने बनाउने कार्य स्पिच थेरापीले गर्ने भएपनि यो विषय नै पढ्ने ब्यक्ती नहुँदा समस्या हुने गरेको नेपाल भकभके संघका निवर्तमान अध्यक्ष रविन कुमार मैनालीले बताए ।

दाङको तुलसीपुरमा आईतबार सरोकारवालासंग अन्तरक्रिया कार्यक्रममा उनले यस्तो गुनासो गरे ।“हामीले छात्रबृतिमा पढाई हुन्छ, भन्ने कुरा जानकारी दिन नसकेर पनि होला”,उनले भने “अहिले स्पिच थेरापी अध्ययन गर्नेहरु नहुँदा समस्या हुने गरेको छ ।” स्पिच थेरापी नहुँदा बीचमा बोली अड्किने, बोल्दा लरबराउने, स्पस्टसंग बोल्न नसक्नेहरुलाई थेरापी गराउन समस्या हुने गरेको उनको भनाई छ ।

साथै नेपाल भकभके संघको आयोजनामा सोमबार दाङको तुलसीपुरमा भकभकेपन बोली सम्बन्धी निःशुल्क जनचेतना तथा परामर्श कार्यक्रम हुन लागेको छ । जहाँ जिल्ला भरका भकभकेपन बोली भएकाहरुलाई श्वर बोलाई सम्बन्धी परामर्श तथा संगठित गरिने छ।


त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता माधव वलीले भकभकेपन बोली भएका व्यक्तिहरूप्रति समाजले सकारात्मक दृष्टिकोणले हेर्नुपर्ने बताए । साथै यस्ता परामर्शका कार्यक्रम निरन्तर भएमा यो समस्या समाधान हुने समेत बताए ।

राख्नुपर्ने र उनीहरूको क्षमता विकासका लागि विशेष कार्यक्रम आवश्यक रहेको बताए । विशिष्ट अतिथि राष्ट्रिय अपाङ्ग महासंघका उपाध्यक्ष देवा डाँगीले भकभकेपनका समस्या भोगिरहेका व्यक्तिहरूलाई आत्मबल बढाउने वातावरण तयार गर्न आग्रह गरिन ।
कार्यक्रममा राष्ट्रिय सीबीआरका पूर्व अध्यक्ष चिन्तामणि पौडेल, अपाङ्ग समाज सुधार केन्द्रका अध्यक्ष ईश्वरी प्रसाद खड्का, पत्रकार दीपक बोहरालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

नेपाल भकभके संघका निवर्तमान अध्यक्ष रविन कुमार मैनालीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण राम शंकर यादवले गरेका थिए ।