प्रधानमन्त्रीको भूमिका प्रभावकारी भएन : काग्रेस प्रवक्ता महत

दाङ, १४ बैशाख । नेपाली काग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले प्रधानमन्त्रीको भुमिका प्रभावकारी हुन नसकेको बताउनु भएको छ । दुइ ठुला राजनितीक शक्तिहरु मिलेर बनेको सरकारले जनताका गुनासालाई अपेक्षाकृत रुपमा सम्बोधन गर्न नसकेको भन्दै काग्रेस नेता महतले प्रधानमन्त्रीले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु पर्ने बताउनु भयो ।

प्रेस युनियन दाङले आइतवार घोराहीमा आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा बोल्दै नेता महतले सडकमा चलिरहेको शिक्षक आन्दोलन, गर्भनर नियुक्ति सुशासन कायम लगायतका विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको, समन्वय र सहकार्य नगरेको उहाँको आरोप छ ।

काग्रेस नेता महतले संक्षम योग्य र अर्थतन्त्रलाई मार्गनिर्देश गर्ने गर्भनर नियुक्त हुनु पर्ने पक्षमा नेपाली काग्रेस रहेको भन्दै प्रधानमन्त्रीकै कारण गर्भनर नियुक्तीमा विलम्ब भएको उहाँको भनाइ छ । सरकारले चाहे अनुसार काम गर्न नसक्दा जनतामा निरासा बढेको भन्दै नेता महतले राजनितिक नेतृत्वले अनावस्यक आस्वासन बाँढदै हिड्न हनुने पनि बताउनु भयो । एक अर्को प्रसंगमा बोल्दै नेता महतले सहकारीमा साना बचतकर्ताको रकम अपचलन भएको भन्दै सम्वन्धीत व्यक्तिबाटै अशुलउपर गरी वचतकर्तालाई बचत फिर्ता गर्ने काममा सरकार लाग्नुपर्ने बताउनु भयो ।


पुर्वराजाले शक्ति आफ्नो हातमा लिने र मनोमानी गर्न खोजेकै कारण गणतन्त्र आएको स्मरण गर्दै नेता महतले पुनः राजा फर्काउने सम्भव नभएको पनि उहाँले बताउनु भयो ।

प्रेस युनियन दाङका उपाध्यक्ष गोपाल शर्मा भट्राइको अध्यक्षता उपाध्यक्ष पार्वती वस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रेस युनियन दाङका सचिव अमर क्षितिज भण्डारीले गर्नु भएको थियो ।