
दाङ, २ वैशाख । नेपाली काङग्रेसका नेता तथा प्रजातान्त्रिक आन्दोलनका कमाण्डर तीर्थराज ज्ञवाली ‘चैतु’ को निधन भएको छ । उनको मंगलबार बिहान उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।



चैतु लामो समयदेखि रगत सङक्रमण सम्बन्धी रोगबाट ग्रसित रहेका थिए ।
उपचारकै क्रममा बिहान ९ः ४५ बजेतिर निधन भएको उनका भाइ तथा नेपाली काँग्रेस दाङका पूर्व जिल्ला सचिव ध्रुव ज्ञवालीले जानकारी दिए । चैतुको जन्म २००८ सालमा भएको थियो ।
लाइभदाङ । २ बैशाख २०८२, मंगलवार १२:३४ बजे