
तुलसीपुर,१ जेठ ।
राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन(नेश्नल प्याब्सन) दाङले चार जीपीए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रबार तुलसीपुरमा कार्यक्रम गरि विद्यार्थीहरुलाई सम्मान गरिएको हो । नेश्नल प्याब्सनका जिल्ला अध्यक्ष शालिकराम कार्कीको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सुवोध डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम गरि ज्ञान ज्योति माविका दुई जना, विजौरीको अमृत एकाडेमी,साईनिङ सनविम एजुकेशनल प्रालि र बबई गाउँपालिकाको पिपुल्स ल्याण्ड सेकेन्डरी स्कुलका १/१ जना चार जीपीए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको हो । साथै चार जीपीए ल्याउने ति विद्यालयहरुलाई समेत सम्मान गरिएको छ । त्यस अवसरमा प्रमुख अतिथि डाँगीले यो जीवनको सुरुवात भएको भन्दै यही नतिजालाई कायम राख्न विद्यार्थीहरुलाई सुझाब दिए । उनले यो नम्बर नभई चुनौति पनि रहेको बताए । यही नतिजा कायम राख्न सके आगामी यात्रा सहज हुने समेत उनको भनाई थियो ।
त्यस्तै विशिष्ट अतिथि ज्ञान ज्योति एजुकेशन फाउन्डेशनका सिइओ सुरेन्द्र जीसीले चार जीपीए ल्याउने कुरा सामान्य नरहेको बताए । उनले विद्यार्थीहरुले ल्याएको नम्बरका विषयमा अन्य जुनियर विद्यार्थीहरुलाई पनि सिकाउनु पर्ने बताए । उपाध्यक्ष ठाकुर डाँगीले स्वागत मन्तब्य ब्यक्त गरको कार्यक्रमको सहजीकरण सचिब छबि कुमार वलीले गरेका थिए ।



लाइभदाङ । १ जेष्ठ २०८३, शुक्रबार २१:४३ बजे