
तुलसीपुर, ३१ चैत । दशनामी युवा समितिको दोस्रो अधिवेशनबाट दाङ तुलसीपुर निवासी हरिश गिरीलाई केन्द्रीय उपाध्यक्षमा चयन गरिएको छ ।
आईतबार भएको अधिवेशनले गिरीलाई उपाध्यक्ष बनाएको हो । गिरी सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशिल छन् ।
अधिवेशनले अध्यक्षमा अर्जुन गिरी, बरिष्ठ उपाध्यक्ष सुजित गिरी, महिला उपाध्यक्ष शान्ता गिरी, सचिवमा रितिक राज गिरी, आदित्य गिरी सहसचिवमा सुर्य गिरीर कोषाध्यक्षमा भावना पुरीलाई चयन गरिएको छ ।
काठमाडौंमा अधिवेशन भएको हो ।



लाइभदाङ । ३१ चैत्र २०८१, आईतवार २०:१९ बजे