
तुलसीपुर, २९ चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिका – ११ उरहरीमा थ्रेसर पल्टिएर च्याप्दा एकजना घाइते भएका छन् । बारीमा रोकिराखेको धान काट्ने थ्रेसर एक्कासि आफै पल्टिँदा थ्रेसर नजिकै उभिएका सोही ठाउँमा ६२ का बमबहादुर थारु घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोद खत्रीले जानकारी दिनुभयो । स्थानीय शषीराम खत्रीले केही समय अघि देखि थ्रेसर बारीमा राखेका थिए ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामाध्य उपचारपछि थप उपचारका लागि नर्सिङ होम नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । घटना दिउसो साढे १ बजे भएको थियो । घाइतेको खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ ।



लाइभदाङ । २९ चैत्र २०८१, शुक्रबार २०:५९ बजे