दाङमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

दाङ, ३० साउन । दाङमा विषालु च्याउकाे तरकारी खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् ।

वनबाट ल्याएकाे च्याउकाे तरकारी खाँदा दाङकाे बङ्गलाचुली गाउँपालिका-४ का मैकुटीका ३१ वर्षीय अजय सुनार, २७ वर्षीया ईश्वरी सुनार र ११ वर्षीया छोरी अस्मिता सुनार बिरामी परेका हुन् । च्याए खाएपछि उनीहरुलाई बान्ता हुने, चक्कर लाग्ने र पखाला लाग्ने भएकाे थियाे ।


उनीहरुलाई बङ्गलाचुली अस्पतालमा प्राथमिक उपचारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराही रेफर गरिएकाे छ ।