अफिसर्स क्लब तुलसीपुरको अध्यक्षमा रजौरे

दाङ, २२ चैत । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले अधिकृतहरु संगठित हुँदा हरेक कामकाजमा सहकार्य हुने बताए । शुक्रबार भएको अफिसर्स क्लब अफ तुलसीपुरको २१ औं साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै मुख्यन्यायाधीश भण्डारीले आ–आफ्ना क्षमताहरु आदानप्रदान हुने र जनताको सेवामा सहज हुने बताए । कर्मचारीहरुमा एकताको भावना पैदा हुनुका साथै समन्वयको भावनामा पनि बृद्धि हुने उनँको भनाई थियो ।
कार्यक्रममा इलाका प्रशासन तुलसीपुरका प्रमुख महेश गुरुङ, लुम्बिनी प्रदेश प्रहरी प्रमुख दानबहादुर कार्कीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


अध्यक्षमा रजौरे
अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ । राष्ट्रिय समाचार समिति(रासस) दाङ शाखा प्रमुख नारायणी रजौरेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा उच्च अदालत तुलसीपुरका अधिकृत टोपबहादुर पुन, महासचिबमा तुलसीपुर उपमहानगरपालिकामा कार्यरत बसन्त कुमार आचार्य तथा सचिबमा आन्तरिक राजश्व कार्यालय तुलसीपुरमा कार्यरत उपेन्द्र बहादुर पुनलाई चयन गरिएको छ ।त्यस्तै सदस्यमा रमेश घिमिरेलाई चयन गरिएको छ । अन्य तीन जनालाई बैठकबाट मनोनित गरिने भएको छ ।