काँग्रेस शान्तिनगर ४ मा चुनाबकालागि घरदैलो

निराश पान्डे
शान्तिनगर, १७ भदौ ।
नेपाली कांग्रेसको १४ औ अधिबेशन निजिकदै गर्दा पश्चिम दाङको शान्तिनगर वडा नम्बर ४ को संस्थापन इतर पक्षले घर दैलो कार्यक्रम लाई तीव्रता दिएकोछ। वडामा सहमति नजुटे पछि संस्थापन पक्ष र संस्थापन इतर पक्षले आ आफ्नो समूह बनाइ निर्वाचनमा होमिएका छन। आज वडा नम्बर ४ को चिराघाट, रोइनिघारी, हिरापुर, गिधनिया, एकलीमा उम्मेदवार सहितको टोलिले मतदाता संग आफ्नो पक्षमा भोट मागेका छन।

१८ गते हुने भनिएको वडा अधिबेशन यहि भदौ २१ गते हुने भएको छ।

वडा नम्बर ४ को संस्थापन इतर पक्षको वडा सभापतिमा चेत बहादुर डाँगीलाई अघि सारेको छ । त्यसैगरि दुई उपसभापति , दुई सचीव , दुई सहसचिव र अन्य सदस्य गरि २२ जना उम्मेदवार रहेका छन।


तेसै गरि वडा क्षेत्रीय प्रतिनिधिमा झलक केसी , खडक बहादुर केसी, बालाराम पौडेल , लेवाराम आचार्य , देब दत्त कंडेल , युबराज रेग्मी, सरिता के सि, गोमा कंडेल , मिना डाङ्गी, पल बहादुर डाङ्गी, तुलसी राम बि क, खुसिराम चौधरी , टिकाराम छन्तेल, सरस्वती देबि कंडेल र कृष्णि पुन रहेका छन। घर दैलो कार्यक्रममा कलाकार प्रकाश रेग्मी र भरत रेग्मिको पनि सहभागिता रहेको थियो।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'