वाईसिएल लुम्बिनी प्रदेशको बैठक

तुलसीपुर, ९ चैत । नेकपा(माओवादी केन्द्र) निकट वाईसिएल नेपाल लुम्बिनी प्रदेशको बैठक भएको छ । बैठकमा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सचिब तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपानी खनाल(बलदेव)ले युवाहरु प्रबिधिसंग जोडिनु पर्ने बताए ।

आइतबार देउखुरीमा भएको बैठकमा उनले युवाहरुले बैचारिक तथा संगठनिक रुपमा पनि मजवुद भएर मुलुकमा रहेको ब्याप्त बिकृतिलाई अन्त्य गर्नुपर्ने बताए ।
त्यस्तै बिशिष्ट अतिथि वाईसिएलका इन्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा)ले राजावादीहरुले टाउको उठाउन खोजेमा वाईसिएलले ससक्त प्रतिवाद गर्नुपर्ने बताए । बैठकमा संगठनका अध्यक्ष सुबोधराज सेर्पालीले सागंठनिक कार्ययोजना कडाइका साथ लागु गर्न निर्देशन दिए ।


बैठकले संगठनको सदस्यता नवीकरण तथा वितरण, इकाई गठन, वडा सम्मेलन, पालिका सम्मेलन, जिल्ला सम्मेलन र प्रदेश सम्मेलनको ठोस कार्यक्रम बनाएको प्रचार विभाग प्रमुख नवराज ऐरले बताए ।

‘उद्यमशिलता, नवप्रवर्दन र स्वरोजगारका लागि युवा आन्दोलनः सुशासन, समृद्धी र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ जेठ १७–१९ मा हुन लागेको तेस्रो राष्ट्रिय सम्मेलनको तयारी स्वरुप बैठक भएको हो ।