दंगीशरणका किसानलाई कम्पोस्टमल निर्माण सामाग्री प्रदान

दंगीशरण, ८ चैत्र ।
दंगीशरण गाउँपालिका कृषिशाखाले किसानहरुका लागि उन्नत कम्पोस्ट मल निर्माण सामाग्री बितरण वितरण गरेकोछ । शाखाले प्रती किसान ५००० बराबरको सामाग्री वितरण गरेको हो । सामाग्री वितरण गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भ गिरीले कम्पोस्ट मल र जैविक मलको उत्पादनमा पालिकाले अध्ययन गरीरहेको बताए । रासायनिक मलले बालिनालिमा परीरहेको नोक्सानि र मानव शरीरमा लागिरहेको नसर्ने रोगबाट समेत बच्नका लागिपनि कम्पोस्ट मल र जैविक मलको प्रयोगमा ध्यानदिन आग्रहगरे ।

दंगीशरण गाउँआलिकाको आर्थिक वर्ष २०८१/८२ को २ लाख बजेटबाट सामाग्री वितरण गरीएको हो ।धेरैजनाको समुहबाट माग भएतापनि ४० जना समुहका किसानहरुलाई सामाग्री वितरण गरीएको कृषिसाखा प्रमुख शरु भुषालले जानकारीदिइन । ३ र ६ नम्बरबाट धेरै माग आए बमोजिम त्यहाँ वडामा २ दिनको कम्पोस्ट मल निर्माण सम्बन्धि तालिम दिने तयारीमा रहेको प्रमुख भुषालले जानकारीदिइन ।


सामाग्री वितरण कार्यक्रम कृषिसाखा प्रमुख शरु भुषालको अध्यक्षता,दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपालीको बिशिस्ट आथित्यतामा भएकोथियो ।