
दंगीशरण, ८ चैत्र ।
दाङको दंगीशरण गाउँपालिकाले ६० औं अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । शुक्रवार गाउँपालिकाले समाज रुपान्तरण तथा जातीय विभेद उन्मुलनका लागि आवाज उठाउने २१ जना दलित अगुवाहरुलाई सम्मान गर्दै भव्य समारोहकाविच ६० औं अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस मनाएको हो ।
दंगीशरण गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को स्विकृत कार्यक्रम अनुसार ६० हजार बजेटबाट दिवस मनाइएको हो । दिवसको अवसरमा भनाइ राख्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफु निर्वाचित भएर आयपस्चात हरेक जातजातीको भाषा धर्मको सम्बोधनका लागि महत्त्वकासाथ लागिपरेको बताए ।
अध्यक्ष गिरीले आफुहरुले दलित ऐन बनाइसकेको र अब लगत्तै हुने हिउदे गाउँसभामा पास गर्ने गरी तयारीमा रहेको बताए । जातिय विभेद उन्मुलन दिवस मनाइ रहदा दंगीशरणमा जातिय छुवाछुतको कुनै पनि क्रियाकलाप नरहेको र सवैले समाज रुपान्तरणका लागि सवै जना आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताए ।
दिवसकै अवसरमा आयोजित कार्यक्रममा प्रमुख अथितीको आसनबाट बोल्दै नेपाल दलित संघका केन्द्रिय सदस्य घनश्याम सेरपाइलीले अब जातिय विभेदका कुराहरु मात्रै भन्दा पनि शिक्षामा अब्बल हुनुपर्ने बताए । शिक्षा तथा आय आर्जनमा जोड दिदै आर्थिक रुपमापनि अब्बल रहन दलित समुदायका युवायुवतीहरुमा आग्रहगरे ।
कार्यक्रमका बिशिस्ट अथिती दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपालीले जातिय विभेद तथा छुवाछुतमुक्त घोषणा भइसके पनि त्यसको प्रभाबकारी कार्यान्वयन हुन नसकेको बताए ।अझैपनि देशका कतिपय ठाउँमा छुवाछुतका छिटपुट घटना सुनिनु दुःखद कुरा रहेको बताए ।
कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष रोशनजंग शाह,वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारी,वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरी,वडा नं. २ का वडा अध्यक्ष डम्बर खत्री, धरम परीयार, मानबहादुर परीयार, हरी बि.क ऐन बहादुर बि.क फेडोकि दाङ सचिव गङ्गा सुनार, समृद्धि समाजकी अध्यक्ष दिल कुमारी वि.क.ओरेककी पुजा वि.क लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा दलित अभियानता निर्मल नेपालीले कार्यपत्र प्रस्तुत गरेकाथिए । महिला बालबालिका साखा प्रमुख सुन कुमारी घर्तीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजिकरण गाउँपालिकाका प्रेस सल्लाहकार प्रमोद आचार्यले गरेकाथिए।



लाइभदाङ । ८ चैत्र २०८१, शुक्रबार १८:१९ बजे