त्रिसिद्देश्वरी यातायातले दियो मृतकका परिवारलाई १० लाख

दाङ, ८ चैत्र । सवारी दुर्घटनामा परी निधन भएका व्यवसायी दिलिप केसीको परिवारलाई राहत स्वरुप १० लाख प्रदान गरिएको छ । त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिले बिहिबार गाडीमालिक दिवंगत केसीको परिवारलाई राहत स्वरुप १० लाख रुपैया हस्तान्तरण गरेको हो ।

प्रालिका अध्यक्ष सुरेश हमालले मृतक केसीको श्रीमति कमला केसीलाई १० लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।


प्रालिका अध्यक्ष हमालले आफ्ना व्यवसायी केसीको निधनले ठुलो क्षति भएको भन्दै पिडित पक्षलाई केहि राहत दिन बिमा बाफतको रकम प्रदान गरेको बताए ।