
दंगीशरण, ६ चैत ।
दंगीशरण गाउँपालिकामा भुमि समस्या समाधान आयोग अन्तर्गत पालिका स्तरीय सहजीकरण समिति गठन गरीएको छ । दंगीशरण गाउँपलिका अध्यक्ष शम्भु गिरीको अध्यक्षता तथा नेपाल सरकार भुमि समस्या समाधान आयोगका दाङ जिल्ला सदस्य हुकुम बस्नेतको उपस्थितिमा पालिकामा कृयाशिल राजनैतिकदल र सरोकारवालाहरुबिच सहजीकरण समिति गठन गरीएको भुमि समस्या समाधान आयोग दंगीशरणका फोकल पर्सन विनोद अधिकारीले जानकारी दिनुभयो ।
सरोकारवालाहरुको विचमा राखिएको अन्तर्कृया तथा छलफल कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले देशमा सरकार फेरबदल भइरहनाले आफुहरुले तोकेको समयमा पुर्जा वितरणमा ढिलाइ हुनेगरेको प्रति दुःख ब्यक्त गर्नुभयो । आफुहरुले ८० प्रतिशत काम सम्पन्न गरीसकेको र अब बाकि रहेको २० प्रतिशत प्राविधिक कामलाइ तिब्रतादिन २ वटा टोलि परीचालन गरी कामलाई छिटोछरीतो सम्पन्न गर्न अगाडि बढ्ने सोचमा रहेको बताउनुभयो ।
यस्तै भुमि समस्या समाधान आयोग दाङका अध्यक्ष हुकुम बस्नेतले वडा अध्यक्षहरुले लगनशीलता र कृयाशिलताले मात्रै तोकेको समयमा भुमिहिन सुकुम्बासीलाइ भुमि प्रदान गर्न संभवहुने बताउनुभयो । अब आयोगले अध्यादेश मार्फतनै आयोग परीवर्तन नहुनेगरी कामलाइ द्रुत गतीमा अगाडि बढाउने गरी लागेको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष सयोजक, गाउँपालिका उपाध्यक्ष उप सयोजक र प्रमुख प्रशाशकिय अधिकृत सदस्य सचिव रहने गरी आयोगले निर्दिष्ट गरे बमोजिम समिती गठन गरीएको हो । दंगीशरण गाउँपालिकामा भुमिहिन दलित १६३ जना,भुमिहिन सुकुम्बासी १९५ जना,तथा अव्यवस्थित बसोवासी ३४४६ गरी जम्मा ३८०४ जना रहेको भुमि आयोग समाधान समितिका पालिका फोकल पर्सन बिनोद अधिकारीले जानकारी दिनुभयो ।



लाइभदाङ । ६ चैत्र २०८१, बुधबार २०:२१ बजे