ब्यवस्थापन समितीहरुकालागि उद्धार खोज तालीम संचालन गरिनेः अध्यक्ष चौधरी

दिप्तीशिखा चौधरी,


दंगीशरण,पुस,६
दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले अव तत्काल विपद ब्यवस्थापन समितीहरुका लागि उद्धार खोज तालीम संचाल नगरिने बताउँनु भएको छ । गाउँपालिकामा विपद ब्यवस्थापन सामग्री जुटिसकेकाले आपत कालीन विपद आईहालेमा सहज तरीकाले त्यसलाई परिचालनगर्न आवश्यकहुने भएकाले तालीम संचालन गरेमा समितीलाई काम गर्नकालागि सहजहुने बताउँनुभयो । दंगीशरण गाउँपालिकामा आज सम्पन्न विपद ब्यवस्थापन समितीको बैठकमा अध्यक्ष चौधरीले यस्तो बताउँनु भएको हो । गाउँपालिकामा २५ प्रकारका सामग्री स्टक हुने ब्यवस्था गरिने जानकारी दिनुभयो । यो वर्ष विपद ब्यवस्थापनका लागि १५ लाखवजेट विनियोजन भएको बताउँनुभयो । विपद परेपछि मात्रदगुर्न भन्दाv पनि विपद आईसकेपछि तत्काल के गर्ने भन्ने विषयमा कार्य विधिबनाई काम गर्नुपर्ने बताउँनुभयो ।कार्य विधि बनीसकेको र यसलाई कहि केहि परिमार्जन गरी कार्य विधि तयार पार्न निर्देशन दिनुभयो । कुनै ठाउँमा कुनै समयमा विपद सम्बन्धि समस्या आर्एपरेमा कार्यपालीका बाट अनुमोदनगरिने समेत उहाँले बताउँनुभयो ।
राहत सामग्री वितरण कार्य विधि २०७८ मा छलफल कार्यक्रममा सहभागिहरुले वडा अध्यक्षको मातहतमा विपद ब्यवस्थापन समिती सिफारीस गर्नुपर्ने,विपद ब्यवस्थापन प्रकोप, उद्धार तथा राहत ब्यवस्था हुनुपर्ने,गाउँपालिकाले आवश्यक्ताअनुशार प्रत्ेयक वर्ष कुनै व्यक्तिको मृत्यु भएकोमा प्रति मृतक मृतकको परिवारलाई राहत सहयोग उपलब्ध गराउने, राहतदिने र लीनेको विवरण संकलन गरि राख्ने लगाएतका सुझाव दिएका थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पिमाकुमारी खड्का, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल, प्रवक्ताविर वहादुर वली, वडा न. १ का वडा अध्यक्ष श्रीप्रशाद चौधरी,वडा न. २ का वडा अध्यक्ष तुलसीराम देवकोटा, वडा न.३ काका.बा. अध्यक्ष छोटिराम चौधरी, वडा न. ४ का वडा अध्यक्ष नेपबहादुर कँवर, वडा न.५ का वडा अध्यक्ष दिपक गौतम, वडा न. ६ का वडा अध्यक्ष टंक बहादुर वली, वडा न.६ का वडा सदस्य हिरा चौधरी, नेपाली कांग्रेसका गाउँपालिका सभापतीशम्भु गिरी, नेकपा एमालेका गाउँपालिकाअध्यक्ष रमेश वली लगाएत विभिन्न पार्टि प्रतिनिधि, प्रहरी, कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विपद ब्यवस्थापन समितीका प्रमुख बालकृष्ण भण्डारीले प्रश्तुत गरेको दंगीशरण गाउँपालिकाआपतकालीन कार्यसंचालन कार्यविधि २०७८ मा आपतकालीन समयको लागि चाहिने अत्यावश्यक औषधि तथा महिला, शिशुलाई आवश्यक सेनिटरी प्याड, डाइपर जस्ता सामाग्री, केन्द्र सञ्चालका लागिआवश्यक कार्यालय सामाग्रीहरु, आपतकालिन समयमा उद्धारका  लागि चाहिने अन्य सामाग्रीहरु, सूचना सञ्चारका लागि देहाय वमोजिमका न्यूनतम सामाग्री, टेलिफोन, रेडियो सेट, सेटलाइट फोन, कम्प्युटर, प्रिन्टर, इन्टरनेट सुविधा, पावर व्याक अपकालागि जेनेरटर र÷वा सौर्य उर्जा, इन्धन (जेनेरेटर तथाअन्य प्रयोजनका लागि यी सामानको विवरण नियमित रूपमाअद्यावधिक गरी जिन्सीको जिम्मेवार कर्मचारीले लगत राख्ने व्यवस्था मिलाईने, मेसिनरी सामाग्रीको सञ्चालनविधि सम्बन्धी जानकारी सरल भाषामा लेखेर उपकरण संगैको भित्तामा टाँसेर राखिने, सबै उपकरणहरुको सञ्चालन विधि पुस्तिकाहरु सञ्चार कक्षमा राखिने, त्यस्ता उपकरणहरुको ब्याट्रि चार्ज भएनभएको र चालु हालतमा भएनभएको विषयमा नियमीत रुपमा परीक्षण गरी कुनै सामाग्री अन्यत्रकतै सापटी लगिएमा सो को अभिलेख राख्ने लगाएतका विषयहरु कार्यविधिमा समेटिएको छ ।
यस्तै राहत सामग्रीवितरण कार्यविधि २०७८ माघर, खाद्यान्नतथा लत्ताकपडा समेत पूर्ण रुपमाक्षतिभएमानगद÷जिन्सी (खाद्य÷ गैरखाद्य सामग्री) रु. २०,०००÷– (वीस हजार मात्र) सम्म उपलब्ध गराउने, घर, खाद्यान्न तथा लत्ताकपडा समेत आंशिक क्षति भएमा  नगद÷जिन्सी (खाद्य÷गैरखाद्य सामग्री) रु. १०,०००÷– (दशहजार मात्र) सम्मउपलब्ध गराउने, घर बहालमा बसेको भएमा वापस व्यवसाय समेत नोक्सानी भई तत्काल  गुजाराका लागि खाद्यान्न समेत नभएको अवस्थामा नगद÷जिन्सी (खाद्य÷गैरखाद्य सामग्री) रु. ५,०००÷– (पाँचहजार मात्र) सम्मउपलब्ध गराउने, कुनै प्रकोपको घटनामा परी घाइते भएका विरामीहरुलाई उपचारका लागि स्वास्थ्यचौकी वा  नजिकको अस्पतालमा लैजानु पर्ने घाइते गरिब, असहाय वा आर्थिक अवस्था कमजोर रहेछ भने त्यस्तो घाइतेलाई अस्पताल वा स्वास्थ्य चौकी लैजादाको एम्बुलेन्स खर्च भुक्तानीगर्ने, कुनै प्रकोपको घटनामा परी घाइते भएका व्यक्तिलाई अस्पतालमा भर्ना भई उपचार गराउनु परेमा त्यस्तो व्यक्तिगरिब, असहायवा आर्थिक अवस्था कमजोर रहेछ भने त्यस्तो घाइतेको विरामी कुरुवालाई एक पटकका लागि रु.५,०००÷– (पाँचहजार मात्र) सम्मखाना, खाजा खर्च वापत उपलब्ध गराउने,गाउँपालिकामा रु. ५,००,०००÷– (पाँचलाखमात्र) राशीको विपद÷प्रकोप उद्दार तथा राहतकोष व्यवस्थागरिने लगाएतका विषयहरु कार्यविधिमा समेटिएको छ ।
सो अवसरमा प्रमुख भण्डारीले दंगीशरणमा १८ जना घर भत्किएकाहरुले जिल्ला बाट राहत पाए पनि स्थानीयबाट अपेक्षा गरेकाले उनीहरुकालागि राहत सामग्रीउपलब्ध गराउँनुपर्ने बताउँनुभयो । दंगीशरण गाउँपालिकाको आपतकालीन कार्य संचालन कार्यविधि २०७८ साझेदारी संघियता सहयोग कार्यक्रम संगको सहकार्यमा तयार पारिएको हो ।