दाङमा ठूलो परिमाणमा ब्राउनसुगरसहित दुईजना पक्राउ

तुलसीपुर
६ पुस । दाङमा प्रहरीले ठुलो परिमाणमा ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।

जिप्रका दाङबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले सोमबार बेलुकी १५० ग्रामभन्दा बढी ब्राउनसुगर सहित नेपालगन्जका लक्ष्मी राना र समीर अन्सारीलाई पक्राउ दाङ प्रहरी प्रमुख सुरेस काफ्लेले जानकारी दिए ।


उनका अनुसार दाङको अमिलियाबाट उनीहरुलाई पक्राउ गरिएको हो । यस विषयमा प्रहरीले आज दिउँसो २ बजे पत्रकार सम्मेलनगरी सार्वजनिक गर्ने तयारी गरेको छ ।