राप्ती-३ खुरुरीय जग्गा नापजाँच विवाद : पालिका द्वारा छानबिन समिति गठन

देउखुरी, १४ वैशाख ।
दाङ देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ३ खुरुरीयामा जग्गा नापजाँच गर्ने क्रममा उत्पन्न विवादकाे विषयमा छानबिन गर्न लागि गाउँपालिकाले एक छानबिन समिति गठन गरेको छ।

बिहीबार बसेको कार्यपालिकाको बैठकले वडा नम्बर ५ का वडा अध्यक्ष तथा शुसासन समितिका संयाेजक देव प्रसाद चौधरीकाे संयाेजकत्वमा ७ सदस्य छानबिन समिति गठन गरेको राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरीले जानकारी दिनुभयाे।


जसको सदस्यहरुमा गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चाैधरी,१ नम्बर वडा अध्यक्ष गेमे खड्का,३ नम्बर वडा अध्यक्ष उमेश अधिकारी,४ नम्बर वडा अध्यक्ष विर बहादुर चौधरी,कार्यपालिका सदस्य गिता चौधरी र प्रशासन शाखा प्रमुख विकास ज्ञवाली रहनु भएको छ।

गाउँपालिका द्वारा गठित छानबिन समितिलाई साे विषयकाे बारेमा विस्तृत अध्ययन गरी ७ दिन भित्र प्रतिवेदन पेश गर्न समयावधि दिएको प्रवक्ता चाैधरीले जानकारी दिनुभयो ।