गोरखा तुलसीपुरलाई उत्कृष्ट मावि अवार्ड

दाङ,१६ असार । गोरखा मावि तुलसीपुरले देशमै उत्कृष्ट स्कुलको अवार्ड पाएको छ । फोकस नेपालले गोरखा माविलाई देशकै उत्कृष्ट विद्यालयका रूपमा उत्कृष्ट मावि २०८० अवार्ड प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री अर्जुन नरसिंह केसीले गोरखा ग्रुपका एकेडेमिक डाइरेक्टर दुर्गा केसीलाई अवार्ड प्रदान गरेका थिए ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच देशभरका उत्कृष्ट १० वटा विद्यालयहरूलाई सम्मान गरिएको हो । त्यस्तै घोराहीस्थित गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल राष्ट्रिय शिक्षा सम्मान २०८० बाट सम्मानित भएको छ ।

शिक्षक,विद्यार्थी,अभिभावकलगायत सबैकाे लगाव र सहयाेगले नै विद्याल उतकृष्ट हुन सफल भएको डाइरेक्टर केसीले वताए ।


दुवै संस्थालाई आज काठमाडौमा फोकस नेपाल संस्थाद्वारा आयोजित वर्तमान शिक्षा नीति र आगामी चुनौति विषयक विचार गोष्ठि, सम्मान प्रदान तथा विशेष सांस्कृतिक समारोह कार्यक्रममा सम्मान प्रदान गरिएको थियो ।

समयानुकूल प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा प्रदान, अतिरिक्त क्रियाकलाप, दक्ष शैक्षिक जनशक्ति उत्पादन र देशको शिक्षा क्षेत्रमा महत्वपूणर् भूमिका निर्वाह गर्दै विगत वर्षहरुको परीक्षाको नतिजालाई आधार मानेर देशभरिका माविहरूबाट छनौट गरेर सम्मान तथा अवार्ड प्रदान गरिएको फोकस नेपालले बताएको छ ।