
दंगीशरण, २४ फाल्गुन ।
महिलाहरूको अधिकार, आत्मनिर्भरता र समान अवसरका लागि दंगीशरण गाउँपालिका प्रतिबद्ध रहेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएका छन । दंगीशरण गाउँपालिकाले ‘सवै महिला तथा बालबालिकाको लागिःअधिकार ,समानता र सशक्तीकरण’ भन्ने मुल नारासहित ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरपारी दंगीशरण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष गिरीले यस्तो बताएका हुन् ।
अध्यक्ष गिरीले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, उद्यमशीलता र नेतृत्वमा महिलाहरूको सहभागिता बढाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्तगरे। अन्तर्राष्ट्रिय महिला दिवसले समाजमा महिला अधिकार र समानताको विषयलाई प्राथमिकतामा राख्न सबैलाई प्रेरित गर्ने विश्वास ब्यक्त गरे । यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै महिलाहरूको हक, अधिकार र समान अवसरको सुनिश्चितता गर्न गाउँपालिकाले विभिन्न नीतिगत तथा व्यवहारिक कार्यक्रमहरू अघि बढाउने बताइन् ।
महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्यमशीलता कार्यक्रमहरूलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरीन । लैङ्गिक समानतायुक्त गाउँपालिका निर्माणका लागि क्रियाशील सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था एवम् अधिकारकर्मीहरूलाई थप ऊर्जा र उत्साहका साथ कार्य गर्न आग्रह गरीन ।
महिला दिवसको अवसरमा विभिन्न प्रतियोगिता समेत संचालन गरीएकोथियो । जस अन्तर्गत लोकगित प्रतियोगिता,वक्तित्वकला प्रतियोगिता तथा बोत्तलमा पानी भर्ने प्रतियोगिता सम्पन्न गरीएको थियो । जसमा लोकगित तर्फ ईश्वरी कडेल प्रथम, रिमा के.सी. द्दितिय, दिलमाया के.सी. तृतीय पार्वती खड्का सान्त्वना भएका हुन बक्तित्वकला तर्फ चन्द्रकला वली प्रथम ,पवित्रा डाङ्गी द्दितिय, दिपासा गिरी तृतिय र करुणा न्यौपाने सान्त्वना,भएकाहुन ।
त्यस्तै वोतलमा पानीभर्ने प्रतियोगितामा गिता रेग्मी प्रथम,सरीता कुमारी रावत द्दितिय,पवित्रा डाङ्गी गौतम तृतीय,र बर्षा नेपाली सान्त्वना भएका छन् । महिला दिवसकै अवसरपारी दंगीशरण गाउँपालिकाभित्रका उद्यमी महिलाहरुलाई सम्मान गरीएकोछ । वडा नं. १ बाट १०५ बर्षिय मौती थरुनि,वडा नं. ३ बाट प्रदेशि चौधरी, वडा नं. ३ बाट ज्योती अधिकारी, वडा नं. ६ बाट बिमला बादिलाई नगद,दोसल्ला,र सम्म्मानपत्र सहित सम्मान गरीएको हो ।
कार्यक्रम दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको अध्यक्षता दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालीको उपस्थितिमा भएकोथियो । महिलाबालबालिका साखा प्रमुख सुनकुमारी घर्तीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण साझेदारी परीयोजनाकी दंगीशरण संयोजक गोमा भट्टराईले गरेकि थिइन् ।



लाइभदाङ । २४ फाल्गुन २०८१, शनिबार १९:०३ बजे