
दाङ, २१ फागुन ।
तुलसीपुरमा एक लाख बढी नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् ।
प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ रामनगर टोलका कमल विकको घरमा जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडेलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले बुधबार दिउँसो साढे चार बजेतिर १ लाख १६ हजार ८ सय नगदसहित ११ जना जुवाडे पक्राउ परेको जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ ।



लाइभदाङ । २१ फाल्गुन २०८१, बुधबार २१:०८ बजे