एमसीसी पास गरे फेरी बन्दुक उठाईन्छ : समीर

तुलसीपुर
६ पुस / सरकारले संसदकामा अनुमोदनका लागि टेबुल गर्न लागेको एमसीसी परियोजना सँसदबाट पारित गरेमा बन्दुर उठाउने चेतावनी दिईएको छ ।

दाङमा एमसीसीको विरुद्धमा आयोजित कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका जिल्ला इञ्चार्ज समीर केसीले यस्तो बताए । उनले उनले एमसीसी पास गर्नेहरुलाई देश निकाला गर्ने समेत चेतावनी दिए । दाङमा ६ राजनीतिक दलले आयोजना गरेको विरोध कार्यक्रममा उनले राष्ट्रिय हित बिपरित काम गर्दै गरेको हुदा त्यसलाई रोक्न स्वाभिमानी नेपाली सडक सङ्घर्षमा जानुपर्ने बाध्यता रहेको समेत बताए ।

अमेरिकी शासकहरु नेपाल छिरेर चिनलाई घेरा हाल्ने नेपालका बहुमुल्य खनिज पदार्थ हडप्ने योजनासाथ यो परियोजना अगाडि सारेर आएको भन्दै संसदबाट पास नगर्न आग्रह समेत गरे ।


अमेरिकी सैन्य योजनाको अभिन्न अंग एमसीसी रहेको भन्दै यसको खारेजीको लागि सम्पुर्ण नेपाली जनता सडकमा आउन आग्रह गरे । कार्यक्रम विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एबम दाङ जिल्ला इञ्चार्ज सितलले एमसीसी पास गर्नेहरुले डलर खाएर पचाउनका लागि सँसदबाट पास गर्न खोजेको आरोप लगाए । उनले नेपाली जनताको आन्दोलनबाट उक्त सम्झौता खारेजी गरिने बताए ।

नेकपा मसालका दाङ जिल्ला प्रबक्ता भरत भण्डारीले एमसीसी परियोजना रणनीतिक महत्व भएको हुदा अमेरिकीहरु जसरी पनि सँसदबाट पास गराउन दवाब दिदै आएको बताए । उनले स्वाभिमानी नेपालीले सचेतपूर्वक यसको बिरुद्ध उठनुपर्ने बताए । त्यस्तै मालेका प्रदेश सदस्य कपिल देब पोख्रेलले , राष्ट्रिय जनमोर्चा नेपाल दाङका अध्यक्ष तथा केन्द्रीय सदस्य गणेश आचार्यलगायतले नेपाली जनताले स्वाभिमानी आन्दोलन गर्दै आएको र पटकपटक धोका हुदै आएकोले त्यसतर्फ सचेत रहनुपर्ने बताए ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङका अध्यक्ष ईश्वरी प्रसाद गैरेले एमसीसी परियोजना नेपाली जनताको भावना बिपरित भएको ,राष्ट्रियता खतरामा पर्ने , अमेरिकी रणनीतिको अभिन्न अंग भएको बताए । यसबाट सचेत हुनुपर्ने उनको भनाई छ ।