
दाङ, १८ फागुन । तुलसीपुरमा संचालित दोस्रो तुलसीपुर महोत्सवको आइतबार समापन गरिएको छ । फागुन १ गतेदेखि संचालन भएको महोत्सवको आइतबारको समापन गरिएको हो ।
तुलसीपुर चेम्बर अफ कमर्शको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षकत्वमा महोत्सव संचालन गरिएको हो । ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ सुरु भएको महोत्सव फागुन १६ गतेसम्म संचालन हुने भनिएपनि दुई थप संचालन भएको हो ।
यद्यपी जिल्ला प्रशासन कार्यालय दाङले १७ गते साँझ नै महोत्सव रोक्न निर्देशन गरेको थियो । तर, आयोजकले १८ गतेसम्म महोत्सव चलाएको थियो । महोत्सव चलाएपनि आईतबार दुर्गेश थापालगायतका कलाकार आउने कुरा थियो ।
तर, आयोजकले ति कलाकार ल्याउन नसकेपछि दर्शकले आलोचना गरेका थिए ।



लाइभदाङ । १८ फाल्गुन २०८१, आईतवार २२:२१ बजे