अस्वारा खानेपानीमा स्वतन्त्र उम्मेदवारको प्रचार–प्रसार ब्यापक

तुलसीपुर, १५ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ स्थित अस्वारा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा स्वतन्त्र प्यानलेले विहीबारसम्म ब्यापक प्रचार प्रसार गरेको छ ।

अध्यक्षका उम्मेदवार नर बहादुर घर्ती(नरेश), उपाध्यक्ष भूपबहादुर डाँगी (भुपेन्द्र), सचिव सुधा वली, सहसचिव रमिता चौधरी, सदस्य कुलराज चौधरी र जैकला वलीले विहीबारसम्म गाउँ–गाउँमा गएर चुनाब प्रचार प्रसार गरेका छन् ।


साथै अन्तिम दिन विहीबार स्वतन्त्र प्यानलले ¥याली समेत निकालेको छ । बुटनियाँबाट सुरु भएको ¥याली मालभुङ हुँदै अश्वारा गाउँको परिक्रमा गरेको थियो । नयाँ नेतृत्व चयनका लागि फागुन १७ गते (शनिबार) अश्वारा स्कुलमा मतदान हुँदै छ ।

मतदानको समय बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । नयाँ नेतृत्वका लागि ५७४ जनाले मतदान गर्दैछ । स्वतन्त्र समूहलाई माओवादी केन्द्र, स्वतन्त्र पार्टीलगायतले समर्थन गरेका छन्, भने सत्तापक्ष नेपाली काँग्रेस र नेकपा एमाले लोकतान्त्रिक प्यानल बनाएर चुनाबी मैदानमा होमिएको छ । जुन प्यानलको अध्यक्षमा शिवहरी भण्डारी छन् ।