जीवनप्रेमीमा टिकासानुले नचाइन ‘छमछमी’

तुलसीपुर, ११ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा स्थित जीवनप्रेमी एजुकेयर एकाडेमी । जहाँ शनिबार भएको १७ औं बार्षिकोत्सवमा मनोरञ्जन र कला संस्कृतिमय थियो । विद्यार्थीहरुले दिनभर जसो आफ्ना कला प्रस्तुत गरेका थिए ।

त्यसमा सुनमा सुगन्ध थपेकी थिइन्–गायिका टिका सानुले । उनले गायका बिभिन्न गीतमा विद्यार्थीहरु र शिक्षकहरु छमछमी नाचेका थिए । शिक्षासंगै संस्कार र संस्कृतिलाई जोड दिएको जीवनप्रेमीले बार्षिकोत्सवलाई भब्यताकासाथ मनाएको छ ।

कार्यक्रममा तुलसीपुर–९ का वडाअध्यक्ष घनश्याम ढकालले विद्यार्थीलाई विद्यालयमा मात्रै नभई घरमा पनि पढ्ने वातावरण निर्माण गर्नुपर्ने बताए । जिवनप्रेमी पुरानो विद्यालय भएको समेत उनले बताए ।

कार्यक्रममा कक्षा ३ की छात्रा दिपिका वली, कक्षा ९ की छात्रा सृजना चन्द, समाजसेवी मदन हमाल, दुर्गा शर्मा, डिआर भण्डारीलगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी कुमारी पुनको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक मनिराम भण्डारीले स्वागत मन्तव्य ब्यक्त गरेका थिए, भने सहजीकरण सहायक प्रिन्सीपल मोतिराम भुषाल र शिक्षक मनोज सापकोटाले गरेका थिए । त्यस्तै प्रिन्सिपल तिलक बहादुर हमालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त विद्यालय २०६४ सालमा स्थापना भएको हो । हाल कक्षा १० सम्म सञ्चालनमा रहेको विद्यालयमा ६ सय ३० जना विद्यार्थी अध्ययनरत छन् ।