जेठुकान्छूको ‘जीवन बृत’

तुलसीपुर
४ पुस /  कोरोना महामारीको दोस्रो भेरियन्ट भित्रिरहेको अबस्थामा तुलसीपुरमा सक्रियताकासाथ लागेका पदमप्रसाद पोखरेल(जेठुकान्छु)ले आफ्नो‘जीवनबृत’ पुस्तक सार्वजनिक गरेका छन् । आईतबार नेकपा एमालेका महासचिब शंकर पोखरेलले उक्त जीवन बृतको विमोचन गरेका हुन् ।

जेठुकान्छुले कोरोना महामारीमा आफूले गरेको योग्दान र त्यतिबेलाको परिबेशनलाई समेटेर पुस्तक प्रकाशन गरेका हुन् । त्यस अवसरमा महासचिब पोखरेलले समाजलाई अफ्टेरो पर्दा सबैले हातेमालो गर्नुपर्ने बताए ।


सबैसंग हातेमालो गर्दा जस्तोसुकै परिस्थितमा पनि जित हाँसिल गर्न सकिन्छ भन्ने कुरा ‘जीवनबृत’ एक उदाहरण भएको बताए । उनले समाज सेवा पनि समाज विकासको एउटा आधार भएको बताए ।