तुलसीपुर खानेपानीको निर्वाचन चैत २ गते

तुलसीपुर, ३ फाल्गुन ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन चैत २ गते हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरि संस्थाका अध्यक्ष यमकान्त भण्डारीले यस्तो जानकारी दिए । तीन बर्षे कार्यकाल पूरा भएकाले नयाँ कार्यकालका लागि निर्वाचन हुन लागेको हो ।


साथै आगामी २०८१ चैत २ गते हुने मूल कार्यसमिति निर्वाचनलाई निष्पक्ष, पारदर्शी र सर्वसम्मत रूपमा सम्पन्न गर्न सबै राजनीतिक दलहरूलाई एकजुट भई राम्रो नेतृत्व चयन गर्न अपिल गरेको छ।