
तुलसीपुर, १ फागुन ।
दाङमा टिपरका सहचालकको करेन्ट लागेर मृत्यु भएको छ। करेन्ट लागेर कपुरकोट गाउँपालिका–१ का २१ वर्षीय सबिन घर्तीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राणाका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ ग्वारखोला पुल नजिकै रहेको मंगलम क्रसर उद्योगमा बालुवा लैजाने क्रममा टिप्पर माथि रहेको त्रिपाल हेर्ने क्रममा विहीबार दिउसो ३ बजेतिर करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।
रा १ ख १५६६ नम्बरका टिपरका सहचालक घर्ती चलिरहेको टिप्परको अगाडीको भागमा चढेर त्रिपाल भए÷नभएको हेर्ने क्रममा उद्योगमै लगिएको तारमा करेन्ट लागेको हो । सहचालक घर्ती करेन्ट लागेर भुइँमा लडेपछि मात्रै घटनाबारे थाहा भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकालागि लगिएको अबस्थमा चिकित्सकले मृत घोषणा गरेका थिए । चालकलाई प्रहरीले नियन्त्रण्मा लिएको छ।



लाइभदाङ । १ फाल्गुन २०८१, बिहीबार १८:०७ बजे