
बुटवल, २८ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक उत्तरदायित्व बहन गर्ने प्रभावकारी माध्यम बन्दै गएको बताउनुभएको छ । धार्मिक तथा सांस्कृतिक अनुष्ठानहरूले समाजमा नैतिकता, एकता र सहयोगको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने गरेको मुख्यमन्त्री आचार्यले बताउनु भएको हो ।
बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँमा माघ २२ गतेदेखि सञ्चालित महायज्ञमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सामाजिक उत्तरदायित्व बहन गर्न धार्मिक तथा सांस्कृतिक अनुष्ठानको भूमिका महत्त्वपूर्ण भएको बताउनु भयो । धार्मिक अनुष्ठानका माध्यमबाट नैतिक शिक्षा, धार्मिक चेतना र परोपकारी कार्यहरू प्रवर्द्धन गर्न सकिने विश्वास व्यक्त गर्नु भयो ।
‘व्यक्तिको जीवन शैली परिवर्तन गर्न जरुरी छ । अहिले व्यस्त जीवन शैलिका कारण विभिन्न रोगबाट ग्रसित हुनुपर्ने अवस्था छ । योग, ध्यान, साधनाबाट स्वस्थ र सन्तुलित जीवन बनाउन सकिन्छ’उहाँले भन्नुभयो ‘म पनि नियमित योग, ध्यान र साधना गर्छु । विभिन्न रोगबाट पिडित भएको म अहिले योग, ध्यान र साधनाबाटै स्वस्थ्य जीवन यापन गर्न पाएको छु ।’ स्थानीय समुदायको सहभागिताले यस्ता कार्यहरू अझ प्रभावकारी बन्ने र धार्मिक तथा सांस्कृतिक मूल्यमान्यताको संरक्षण हुने उहाँले बताउनुभयो ।



लाइभदाङ । २८ माघ २०८१, सोमबार २०:०७ बजे